फुटसल सञ्चालनको माग « Khabarhub

फुटसल सञ्चालनको माग


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ ।

कोभिड–१९ को दोस्रो लहर आएसँगै निषेधाज्ञामा केही सहज देखिएकाले सङ्घले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो । ज्ञापनपत्रमा लामो समय बन्द रहेका कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनका लागि अनुमति दिन माग गरिएको उल्लेख छ ।

“खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गर्न हामी व्यवसायीहरू पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ । हाल राज्यले कुनै पहल नदेखाएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले आवश्यक पहल गरी हामीहरूको फुटसल व्यवसाय अविलम्ब सञ्चालनको प्रबन्ध गरिदिन यो ध्यानाकर्षणपत्र बुझाएका छौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले यस क्षेत्रमा ध्यान नदिँदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिनसमेत नसकेको भन्दै सबै सावधानी अपनाएर फुटसल सञ्चालन गर्न व्यवसायीले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपाल सरकारले अझै पनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ३० बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको