फुटसल सञ्चालनको माग « Khabarhub

फुटसल सञ्चालनको माग


२४ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ ।

कोभिड–१९ को दोस्रो लहर आएसँगै निषेधाज्ञामा केही सहज देखिएकाले सङ्घले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो । ज्ञापनपत्रमा लामो समय बन्द रहेका कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनका लागि अनुमति दिन माग गरिएको उल्लेख छ ।

“खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गर्न हामी व्यवसायीहरू पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ । हाल राज्यले कुनै पहल नदेखाएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले आवश्यक पहल गरी हामीहरूको फुटसल व्यवसाय अविलम्ब सञ्चालनको प्रबन्ध गरिदिन यो ध्यानाकर्षणपत्र बुझाएका छौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले यस क्षेत्रमा ध्यान नदिँदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिनसमेत नसकेको भन्दै सबै सावधानी अपनाएर फुटसल सञ्चालन गर्न व्यवसायीले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपाल सरकारले अझै पनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : ३० बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा