‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने « Khabarhub

‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक विनानिष्कर्ष सकिएको छ ।

निर्यायक हुने भनिएको आजको दोस्रो बैठकमा कुनै पनि विषयमा सहमति नभएको नेताहरुले जनाएका छन् ।

बैठकपछि प्रतिक्रिया दिदै नेता घनश्याम भुसालले भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। तर गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । आज हामी अघि बढ्न सकेनौँ । भोलि बिहान बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’

तर अध्यक्ष ओली समूहका तर्फबाट कार्यदलको नेतृत्व गरिरहेका सुवास नेम्वाङले समेत आजको बैठकमा कुनै पनि विषयमा सहमति कायम हुन नसकेको बताए ।

उनले बैठक भोलि बिहान साढे ११ बजेसम्ममा लागि स्थगित भएको भन्दै उक्त बैठकले निर्णय गर्ने आशा रहेको बताए ।

उनले भने,‘अलि चाँडो चाँडो काम भइरहेको छ । तर आज टुंगोमा पुगिसकेको छैन । हामी आशावादी छौं भोलिको बैठक टुंगोमा पुग्छ ।’

तीन वर्षअघिदेखिको विवाद समाधानका लागि केही समय लाग्नु स्वभाविक रहेको भन्दै उनले भने,‘तीन वर्ष अघिदेखिको विवाद ९/१० दिनमा यो ठाउँमा पुग्नु भनेको धेरै काम भएको हो । भोलिको बैठकले केही निर्णय गर्छ भन्ने विश्वास छ ।’

आजको बैठकमा कार्यदलमा रहेका एमाले उपमहासचिव विष्णु पौडेल भने उपस्थित भएनन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : १६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी