टोकियो ओलम्पिक : बक्सिङको भिडन्तमा सबैको नजर « Khabarhub

टोकियो ओलम्पिक : बक्सिङको भिडन्तमा सबैको नजर


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको गृष्मकालीन ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने देशको टुङ्गो शायद अन्तिम दिन मात्र होइन, अन्तिम स्वर्ण पदकसम्म कायम रहने छ ।

एक दिनको खेलबाँकी रहँदा चीन दुई स्वर्ण पदकले अघि रहेको छ । एथ्लेटिक्समा गरेको कमजोर प्रदर्शन तथा जिम्न्यास्ट सिमोन वाइल्सले मेन्टल हेल्थ इस्युका कारण आफ्ना प्रमुख खेल गुमाएपछि अमेरिकाका लागि सवैभन्दा धेरै स्वर्ण पदक जित्ने कुरा कठिन बनेको छ ।

आइतबार बिहान पुरुष म्याराथनको प्रतिस्पर्धा हुनेछ । शायद यसमा अफ्रिकी देशकै खेलाडीले विजय हात पार्ने छन् ।

महिला बास्केटबलको फाइनलमा अमेरिकाले जापानको सामना गर्नेछ । यो स्वर्ण पदक जितेमा दुई देश बीचको स्वर्णको पदक एकमा झर्नेछ । बक्सिङमा चार स्पर्धा हुनेछ ।

महिला लाइटवेटमा ब्राजिलकी फरेरा बेट्रिज  र आयरल्यान्डकी अन्ना केली फाइनल प्रवेश गरेका छन् । पुरुष लाइटवेटमा अमेरिकाका डेभिस केवसन र क्युबाका एन्डी क्रुज फाइनलमा प्रवेश गरेका छन् ।

महिला मिडलवेटमा बेलायतकी लाउरेन प्राइस र चीनकी ली क्वीन फाइनलमा प्रवेश गरेका छन् । पुरुष सुपर हेभिवेटमा उज्वेकिस्तानमा जालोलोभ बोखादिर र रिचार्ड टोरेज फाइनलमा प्रवेश गरेका छन् ।

साइक्लिङको  सामान्य अनुमान के हो भने चीन र अमेरिका दुवैले स्वर्ण पदक जित्न कठिन हुनेछ । साइक्लिङमा महिला स्प्रिन्ट र महिला अपनिमम र पुरुष केरिनको फाइनल हुनेछ ।

महिला ह्यान्डबलमा रुसी ओलम्पिक कमिटी र फ्रान्सको बीचमा स्वर्ण पदकका लागि भिडन्त हुनेछ ।

रिदमिक जिम्न्यास्टिकमा रुस ओलम्पिक किमटी उपाधिको दाबदार हो । यसमा अप्रत्यासित जित हात पारेदेखि चीनका लागि पहिलो सम्भवना प्रबल बन्नेछ । वाटरपोलाको फाइन्लमा ग्रीस र सर्बिया खेल्ने छन् ।

यस बीचमा हुने ब्राजिल र अमेरिका बीचको खेलमा विगतको परिणाम हेर्दा ब्राजिल बलियो मानिन्छ । तथापि यो खेल अमेरिकाका लागि पनि महत्वपूर्ण मानिन्छ ।

शायद बक्सिङको भिडन्त आइतबार सबैभन्दा महत्वपर्ण हुनेछ । -एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : २५ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल