भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध | Khabarhub Khabarhub

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छन् ।

यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी हुनुभएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् ।

आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन् ।

आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुशीको कुरा रहेको र उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ । छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको छ ।

टोटेनह्याममा अनुबन्ध भएपछि बोल्दै अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताए ।

क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताए । – रासस ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ४० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले