सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन सकेन : प्रचण्ड « Khabarhub

सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन सकेन : प्रचण्ड


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन नसकेको बताएका छन् ।

उनले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र वरपरका बाढीपीडितलाई राहत दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आज दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता दिन नसकेको बताएका हुन् ।

बाढी पीडितसँगको कुराकानीमा उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलाप तीव्रतासाथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधि त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन ।’

उनले बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १ : ४८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको