आज विवाह गर्दै सुदर्शन र सुप्रिया « Khabarhub

आज विवाह गर्दै सुदर्शन र सुप्रिया


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिना अघि इन्गेजमेन्ट गरेका निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालको जोडीले आज विवाह गर्दैछन् । उनीहरुले नक्सालस्थित आरण्य बुटिक होटलमा विवाह गर्न लागेका हुन् ।

निर्देशक सुदर्शनले भदौ २१ गते आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग औठी साटासाट गरेका थिए । सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिय एपीवान टेलिभिजनकी समाचारवाचिका हुन् । सुप्रियाले फिल्म ‘साढे सात’मा अभिनय गरेकी छन् ।

निर्देशक सुदर्शन फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा पाइला चालेका निर्देशक हुन् । उनले ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘राम कहानी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

सुदर्शनको नाम यसअघि सुष्मा कार्की र पुजा शर्मासँग जोडिने गरेको थियो । पछिल्लो समय यता सुष्मा र पुजा अलग–अलग बाटो लागिसकेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ०१ बजे

मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ