रिमेक भर्सनमा ‘जन्म जन्म’को ‘पिरती बस्यो’ « Khabarhub

रिमेक भर्सनमा ‘जन्म जन्म’को ‘पिरती बस्यो’


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘जन्म जन्म’ को गीत ‘पिरती बस्यो’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनमा गायिका अञ्जु पन्तको स्वर छ । जबकी यसको ओरिजिनल भर्सनमा भारतीय गायिका साधना सरगमको स्वर सुन्न सकिन्छ ।

शितल नेपालको शब्द रहेको गीतमा शुभबहादुर सुनामको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आशा पौडेल चन्द कौशिक र अभिनेता यसराज गराचले अभिनय गरेका छन् ।

विभिन्न फिल्ममा अभिनय गरेकी अभिनेत्री आशा एकदशकपछि अभिनयमा फर्किएकी छिन् । भिडियोमा केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन, दिनसन शाहको सम्पादन र कृष्ण रुपाखेतीको क्रिएटिभ हेड छ ।

भिडियो आई क्याच स्टुडियोको अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ३२ बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध