छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै « Khabarhub

छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ ।

कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ ।

यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : २० बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना