हड्डी बलियो बनाउने घरेलु उपाय « Khabarhub

हड्डी बलियो बनाउने घरेलु उपाय


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै पनि जीव उभिन, हिड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ । त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ ।

हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

क) घाम ताप्ने
हड्डी बलियो पार्न सुर्यको किरणको महत्वपुर्ण भूमिका रहन्छ । सुर्यको किरण शरीरमा पर्दा यसबाट शरीरले भिटामिन डी प्राप्त गर्दछ । भिटामिन डीको कमी पुरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ । त्यसैले दैनिक बिहान १० मिनेट घाम ताप्नु पर्दछ । यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ ।

ख) क्याल्सियमयुक्त खाना
हड्डीलाई बलियो बनाउन डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नु पर्दछ । यसले शरीरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ । साथै हड्डी बलियो बनाउँछ ।

ग) डोरी खेल्ने
नियमित बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) हड्डी बलियो हुन्छ । यसले शरीरमा अन्य लाभ समेत पुर्‍याउँछ ।

घ) जैतुन, धनियाको प्रयोग
खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ । साथै धनियामा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुन्छ ।

ङ) लसुन र प्याजको सेवन
लसुनलाई दुधमा उमालेर खिर जस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ । साथै प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । जुन हड्डी बलियो हुनकालागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : २५ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा