हड्डी बलियो बनाउने घरेलु उपाय « Khabarhub

हड्डी बलियो बनाउने घरेलु उपाय


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै पनि जीव उभिन, हिड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ । त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ ।

हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

क) घाम ताप्ने
हड्डी बलियो पार्न सुर्यको किरणको महत्वपुर्ण भूमिका रहन्छ । सुर्यको किरण शरीरमा पर्दा यसबाट शरीरले भिटामिन डी प्राप्त गर्दछ । भिटामिन डीको कमी पुरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ । त्यसैले दैनिक बिहान १० मिनेट घाम ताप्नु पर्दछ । यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ ।

ख) क्याल्सियमयुक्त खाना
हड्डीलाई बलियो बनाउन डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नु पर्दछ । यसले शरीरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ । साथै हड्डी बलियो बनाउँछ ।

ग) डोरी खेल्ने
नियमित बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) हड्डी बलियो हुन्छ । यसले शरीरमा अन्य लाभ समेत पुर्‍याउँछ ।

घ) जैतुन, धनियाको प्रयोग
खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ । साथै धनियामा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुन्छ ।

ङ) लसुन र प्याजको सेवन
लसुनलाई दुधमा उमालेर खिर जस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ । साथै प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । जुन हड्डी बलियो हुनकालागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : २५ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री