बागमतीका मुख्यमन्त्री पाण्डे आज विश्वासको मत लिँदै « Khabarhub

बागमतीका मुख्यमन्त्री पाण्डे आज विश्वासको मत लिँदै


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।

स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रीमण्डल छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ ।

एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई-दुई तथा जसपाको एक सिट छ ।

यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि पद गुमाएपछि राजीनामा दिएकी थिइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ३७ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा