भैरहवामा छठको चहलपहल « Khabarhub

भैरहवामा छठको चहलपहल


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराई-मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ । यी सामग्री किन्न भैरहवाको मुख्यबजार साथै भारतको सुनौली, नौतनवा, फरेनियामा समेत किनमेलका लागि भिड बढेको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले दुई ठाँउमा विधिवत रूपमा मनाउँदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको कालीभक्ति गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमान मन्दिरस्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ ।

कात्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाइ तथा सजावटका काम भइरहेका छन्, वेदी बनाउने र ठाउँ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् ।

सोमबारदेखि सुरु भएको पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।

छठीमाइका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रूपन्देही जिल्लाभरका साथै मुख्यतया भैरहवा, धकधई, बेथरी, मर्चवार, बुटवल, गैडहवा र आसपासका क्षेत्रका जलाशयमा धुमधामका साथ मनाउने गर्छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार व्रतालु नुहाई स्वच्छ सात्विक भोजन (खाना) गरेर ब्रत बसिन्छ, जसलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : २९ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र