कांग्रेसले विवादित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत « Khabarhub

कांग्रेसले विवादित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद भएका १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश २ का आठ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकेको हो। यी जिल्लामा वडा अधिवेशन हुन सकेको छैन।

बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी, डोल्पामा कुमारराज श्रेष्ठ र कैलालीमा टेकप्रसाद सुवेदीलाई निर्वाचत अधिकृतका रुपमा खटाएको छ।

यसैगरी, प्रदेश २ का जिल्लामा पनि निर्वाचन अधिकृत खटाएको हो। सप्तरीमा रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारी निर्वाचत अधिकृत तोकिएका छन्।

अब यी सबै जिल्लामा २७ कात्तिकमा अधिवेशन तोकिएको छ। हिमाली १३ जिल्लामा भने जिल्ला अधिवेशन बनाइसकेको कांग्रेसले जनाएको छ। त्यस्तै, ६४ जिल्लामा स्थानीय तहको अधिवेशन पनि भइसकेको छ।

क्रियाशील सदस्यताको विवाद रहेका १३ जिल्लामा ३० कात्तिकमा स्थानीय तहको अधिवेशन तोकिएको छ। त्यसपछि ३ मंसिरमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधि सभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुनेछ। प्रतिनिधि सभाको एक भन्दा बढी क्षेत्रका रहेका जिल्लाको जिल्ला अधिवेशन १० मंसिरमा तोकिएको छ।

कांग्रेसको १४औं महाधिवेशन २४-२६ मंसिरमा तोकिएको छ। यस विषयमा छलफल गर्न २८ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ५० बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद