कांग्रेसले विवादित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत « Khabarhub

कांग्रेसले विवादित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद भएका १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश २ का आठ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकेको हो। यी जिल्लामा वडा अधिवेशन हुन सकेको छैन।

बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी, डोल्पामा कुमारराज श्रेष्ठ र कैलालीमा टेकप्रसाद सुवेदीलाई निर्वाचत अधिकृतका रुपमा खटाएको छ।

यसैगरी, प्रदेश २ का जिल्लामा पनि निर्वाचन अधिकृत खटाएको हो। सप्तरीमा रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारी निर्वाचत अधिकृत तोकिएका छन्।

अब यी सबै जिल्लामा २७ कात्तिकमा अधिवेशन तोकिएको छ। हिमाली १३ जिल्लामा भने जिल्ला अधिवेशन बनाइसकेको कांग्रेसले जनाएको छ। त्यस्तै, ६४ जिल्लामा स्थानीय तहको अधिवेशन पनि भइसकेको छ।

क्रियाशील सदस्यताको विवाद रहेका १३ जिल्लामा ३० कात्तिकमा स्थानीय तहको अधिवेशन तोकिएको छ। त्यसपछि ३ मंसिरमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधि सभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुनेछ। प्रतिनिधि सभाको एक भन्दा बढी क्षेत्रका रहेका जिल्लाको जिल्ला अधिवेशन १० मंसिरमा तोकिएको छ।

कांग्रेसको १४औं महाधिवेशन २४-२६ मंसिरमा तोकिएको छ। यस विषयमा छलफल गर्न २८ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ५० बजे

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु