छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

काठमाडौँको गोकर्णेश्वपर नगरपालिका १ सुन्दरीजलस्थित सडकमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका ८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै ललितपुर महानगरपालिका ३ धोबिघाटस्थित सडकमा बा ४१ प ८४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कपन बस्ने रामेछाप मन्थली नगरपालिका ६ का ३२ वर्षीय रामजी कार्की डोलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय मिरन सेवाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेको कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिनोद अधिकारीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । कारसहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै कैलालीको जोशीपुर गाउँपालिका ५ सिमरास्थित बागमती ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फलामको ड्रममा ठोकिएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका ७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकलमा सवार चालक समेत ३ जनालाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : ०३ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको