इजलासमा बसे न्यायाधीश कुमार चुडाल « Khabarhub

इजलासमा बसे न्यायाधीश कुमार चुडाल


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास बसेका छन् ।

आफ्ना लागि पेशी नतोक्ने पूर्वसहमति विपरित राणाले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुडालले भने एकल इजलासमा पेश भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एक वटा रिट पेशीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । चुडालले जिल्ला अदालत रुकुम पूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका छन् ।

प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई छोडेर रोलक्रममा कनिष्ठतम न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : २४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति