प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता « Khabarhub

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– सुडानको सत्तामा सैनिक विद्रोह, सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् । गत महिना सैनिक कू भएको भनिएलगत्तै प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए । सैनिक प्रमुख अब्देल फताह अद बुर्दानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको कुरा आइतबार बताएका हुन् । अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उनले सो कुरा बताए । उनले राजनीतिक दलहरुलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको सो प्रतिनिधिमण्डलसँग बताएका थिए ।

अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उनलाई भेट्न आइतबार गएको थियो । अरब लिगले यसअघि पनि उनलाई सत्ता त्याग्न आग्रह गरेको थियो । आइतबार गएको सो प्रतिनिधिमण्डललाई उक्त कुरा बताएको महासचिव जाकीले जानकारी दिएका हुन् । सेनाले अहिलेसम्म केही प्रतिक्रिया नदिएपछि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । केही समययतादेखि यहाँ आन्दोलन जारी रहेको छ ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा असहज सम्बन्ध रही आएको बताइएको थियो । सिन्ह्वा

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : ५० बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार