तीन स्रष्टालाई सम्मान | Khabarhub Khabarhub

तीन स्रष्टालाई सम्मान


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथर काठमाडौं कलाकार समाजले दिपावली, नेपाल संबत र आउँदै गरेको छठ तथा उधौली पर्वहरुको अवसर पारेर राजधानीमा एक कार्यक्रम गर्दै तीन स्रष्टालाई सम्मान गरेको छ ।

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेका हुन् । शर्माले कला, साहित्य, भाषा र संस्कृतिको जगेर्ना कलाकारबाट मात्र सम्भव रहेको बताए ।

पाँचथर समाज नेपालका अध्यक्ष होमकुमार लावतीको विशेष आतिथ्यता तथा संस्थाका अध्यक्ष याशेली योङहाङको सभापतित्वमा भएको कार्यक्रममा अशोक मुकारुङ, रोशन वान्तवा, धनु ज्ञाङ्मी, लक्ष्मी योङहाङ, नुमा शेर्पा, निशा आङदेम्बे, नरेश वनेम, वीरेन्द्र मालाकार, बद्री हिङ्माङ, डीआर हाङसरुम्बा, भवानीविक्रम नेम्बाङलगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ०५ बजे

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौं महानगरले चलायो डोजर (तस्बिरसहित)

काठमाडौं– काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

काठमाडौं- जारी सिजनमा स्पेनिस ला लिगा, इटालियन सिरि ए र

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा