नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४२ करोडको कारोबार « Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४२ करोडको कारोबार


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ दशमलब ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

यस्तै, नेप्सेमा चार अर्ब ४२ करोड सात लाख बराबरको कारोबार भएको छ । कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

यस्तै, आज सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले ५२ करोडभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज फाइनान्स, म्युचल फण्ड र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राता देखिएका छन् । कारोबारमा आएका कम्पनीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । यि सबै कम्पनीको सेयर मूल्य नौ देखि १० प्रतिशतसम्मको हाराहारीमा बढेको छ ।

आज सबैभन्दा कम नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य झण्डै आठ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : ४४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच