मोटरसाइकल दुर्घटनामा वृद्धाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा वृद्धाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

ठक्करबाट जिल्लाको मालिका गाउँपालिका- ८ की ८१ वर्षीया जमुना खनालको मृत्यु भएको हो । सोही स्थानकी ७२ वर्षीया लीला खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

सोमबार दिउँसो तम्घास-सिमलटारी सडकखण्डस्थित किसानटारीमा लु५५प ९७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइक चालक मालिका- ८ मर्भुग दँगासका २७ बर्षीय ललित पौडेल फरार छन् ।

सडक काट्ने क्रममा मोटरसाइकलले दुई वृद्धालाई ठक्कर दिएको पाण्डेयले जानकारी दिए । घाइतेको थप उपचारका लागि पाल्पा रेफर गरिएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : १० बजे

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै सहारा सेमिफाइनलमा

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण

आजका समाचार : राप्रपाको घोषणापत्र सार्वजनिक, देश जलाउने-कुशासन गर्नेहरु हार्ने प्रचण्डको दाबी र युक्रेनमा रुसी आक्रमण जारी

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’नेपाल कम्युनिष्ट

एकै परिवारका ४ जनाले गरे रक्तदान

काठमाडौं- ११ औँ राष्ट्रिय रक्तदाता दिवसको अवसरमा रक्तदाता संघ नेपाल,

कोराबाट एमाले उम्मेदवार ढकाल भन्छन्, ‘म यता भए पनि मन तपाईँहरुसँगै छ’

विराटनगर- नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का