आफूपक्षिय पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै « Khabarhub

आफूपक्षिय पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज आफूपक्षिय नेताहरुसँग छलफल गर्दैछन् ।

२४ मंसिरमा उद्घाटन हुने पार्टीको १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि उनले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे बुढानिलकण्ठमा बस्दैछ ।

उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेपछि देउवालाई सो समूहमा अरु कसैले सभापतिमा चुनौती दिएको छैन । देउवाको टिममा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी भने धेरै छन् ।

उपसभापतिका लागि उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का सबैभन्दा बलिया दाबेदार हुन् । त्यस्तै महामन्त्रीमा वालकृष्ण खाँण, एनपी साउँद, डा प्रकाशसरण महत र विश्वप्रकाश शर्मा दाबेदार देखिएका छन् । शर्माले उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । यो समूहमा सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठलगायतका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि छ ।

पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ । महाधिवेशनले २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : २४ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ