अमेरिकी र रुसी राष्ट्रपतिबीच युक्रेनमा बढ्दो तनावबारे टेलिफोन वार्ता « Khabarhub

अमेरिकी र रुसी राष्ट्रपतिबीच युक्रेनमा बढ्दो तनावबारे टेलिफोन वार्ता


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत् वार्ता भएको छ । सो वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुबीचमा मंगलबार भिडियो वार्ता भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार उनीहरुबीच दुई देशका आपसी सम्बन्धका साथै युक्रेन र अरु विविध क्षेत्रीय समस्याका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसी संलग्नताका विषयमा कुराकानी भएको र यस विषयमा अमेरिकाको चासो रहेको बताएका थिए। भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।

उता रुसले पछिल्लो समय युक्रेनसँगको सीमानजिकमा सैन्य उपस्थिति बढाएको छ । यस विषयमा अमेरिकाले चासो राख्दै आएको छ ।

यस छलफलका क्रममा भने रुसी राष्ट्रपति पुटिनले भने युक्रेनलाई आक्रमण नगर्ने जानकारी दिएका थिए । सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका युक्रेनको अखण्डता र उसको स्वतन्ताप्रति प्रतिबद्ध रहेको बताएका थिए।

त्यसैगरी सो वार्ताका क्रममा इरानको पारमाणविक सम्झौताका विषयमा पनि कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : २४ बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ