पाल्पामा दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

पाल्पामा दुर्घटना, दुई जनाको मृत्यु


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा भएका अलगअलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिप्परको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताए ।

पाल्पाको रामपुर ५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ ।

हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएका उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए ।– रासस

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको