कार्यालयमा मोबाइल चार्ज गरे बिजुली चोरीको आरोप लगाइने « Khabarhub

कार्यालयमा मोबाइल चार्ज गरे बिजुली चोरीको आरोप लगाइने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निजी क्षेत्रका संस्थामा काम गर्ने अधिकांश कर्मचारीले हाकिमले कुरा नसुन्ने र कार्यालयमा हुने विभिन्न प्रकारका कडाइका बारेमा गुनासो गर्छन् । कार्यालयमा हुने कामको चापमा हाकिमले लगाउने अनौठो नियमका कारण ती क्षेत्रमा काम गर्ने कर्मचारी आजित हुन्छन् । यस्तैमा एक संस्थामा हाकिमले जारी गरेको अनौठो नियम अहिले चर्चामा छ ।

सामाजिक सञ्जाल रेडिटमा एक पोस्टर भाइरल बनेको छ । यस पोस्टरमा एक संस्थाका हाकिमले आफ्नो कार्यालउका कर्मचारीलाई कार्यालयमा मोबाइल चार्ज गर्न प्रतिबन्ध लगाएका छन् । यसका साथै ती हाकिमले कुनै पनि कर्मचारीले कार्यालयमा मोबाइल चार्ज गरेमा तलब काट्ने चेतावनी समेत दिएका छन् ।

भाइरल पोस्टरमा लेखिएको छ, कोही पनि कर्मचारीले कार्यालयमा आफ्नो मोबाइल फोन वा कुनै पनि प्रकारको विद्युतीय उपकरण चार्ज नगर्नुहोस् । अन्यथा यसलाई बिजुली चोरी मानिने छ । जो कोही कर्मचारीले यसो गर्छन् उसको तलबमा कटौती गरिने छ । त्यसैले कार्यालयमा आफ्नो फोन स्विच अफ राख्नुहोस् ।

यो पोष्टर साामाजिक सञ्जालमा भाइरल बनेको छ । अधिकांश सामाजिक सञ्जालका प्रयोगकर्ताले ती हाकिमको आलोचना गरेका छन् । यस्तै कतिपयले फोन चार्ज गर्नु बिजुली चोरी हुने भए कर्मचारीलाई ओभरटाइम गराउनु पनि बिजुलीको गलत प्रयोग हुने तर्क गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ४४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक