पौडेल पक्षमा साझा उम्मेदवार चयन गर्न सकस, चाक्सीबारीमा आजै अर्को बैठक बस्ने « Khabarhub

पौडेल पक्षमा साझा उम्मेदवार चयन गर्न सकस, चाक्सीबारीमा आजै अर्को बैठक बस्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस भएको छ ।

साझा उम्मेदवार चयन गर्न भन्दै बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको पौडेल पक्षको बैठक निष्कर्षविहिन टुंगिएको छ ।

सभापतिका आकांक्षीबिना बसेको बैठकले पनि साझा उम्मेदवार टुंग्याउन नसकेको हो ।  सवा १ बजे सकिएको बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा.रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी थिए ।  तर उनीहरूबीच पनि साझा उम्मेदवार को हुने भन्नेमा एकमत नभएको एक नेताले बताए ।

बैठकले साझा उम्मेदवार नटुंग्याएपछि आज अपराह्न ३ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्ने गरी टुंगिएको छ । ३ बजेको बैठकमा सभापतिका आकांक्षी र केन्द्रीय सदस्यबीच छलफल हुने बताइएको छ ।

यसअघि बुधबार सिंहनिवासमा नै बसेको बैठकले  सभापतिको साझा उम्मेदवार तय गर्ने निचोड निकालेको थियो थियो ।

बैठकमा सभापतिमध्येका एक आकांक्षी डा.शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : २६ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई