पौडेल पक्षमा साझा उम्मेदवार चयन गर्न सकस, चाक्सीबारीमा आजै अर्को बैठक बस्ने « Khabarhub

पौडेल पक्षमा साझा उम्मेदवार चयन गर्न सकस, चाक्सीबारीमा आजै अर्को बैठक बस्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस भएको छ ।

साझा उम्मेदवार चयन गर्न भन्दै बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको पौडेल पक्षको बैठक निष्कर्षविहिन टुंगिएको छ ।

सभापतिका आकांक्षीबिना बसेको बैठकले पनि साझा उम्मेदवार टुंग्याउन नसकेको हो ।  सवा १ बजे सकिएको बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा.रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी थिए ।  तर उनीहरूबीच पनि साझा उम्मेदवार को हुने भन्नेमा एकमत नभएको एक नेताले बताए ।

बैठकले साझा उम्मेदवार नटुंग्याएपछि आज अपराह्न ३ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्ने गरी टुंगिएको छ । ३ बजेको बैठकमा सभापतिका आकांक्षी र केन्द्रीय सदस्यबीच छलफल हुने बताइएको छ ।

यसअघि बुधबार सिंहनिवासमा नै बसेको बैठकले  सभापतिको साझा उम्मेदवार तय गर्ने निचोड निकालेको थियो थियो ।

बैठकमा सभापतिमध्येका एक आकांक्षी डा.शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : २६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित