बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन « Khabarhub

बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लतिपुरको बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि चापागाँउका स्थानीयवासीले संर्घष समिति बनाएर आन्दोलन सुरू गर्ने भएका छन् ।

बुधबार चापागाँउका स्थानीयवासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रबाराही धार्मिक वन संरक्षण संर्घष समिति गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरी समिति बनाएको हो ।

समिति संयोजक देशारले कानुनविपरीत बज्रबाराही वनमा डोजर प्रयोग गरेर सडक विस्तार गरेपछि आफूहरूको विरोधलाई विकाश विरोधीको आरोप लगाएर आन्दोलन दबाउन खोजेको बताए । ‘हामीले १००भन्दा धेरै स्थानीयवासीको विरोधको हस्ताक्षर गोदावरी नगरपालिकामा बुझायौं, तर दर्ता नै भएन,’ उनले भने ।

गोदावरी नगरपालिकाको नवनिर्मित भवन अगाडि करिब आठ फिट चौडाइको सडक वन क्षेत्र अतिक्रमण गरेर विस्तार गरेपछि स्थानीयवासी विरोधमा उत्रेका हुन् । ५०० मिटर दूरीको सडक विस्तारका लागि नगरपालिकाले करिव ८५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिमार्फत काम गरिरहेको छ ।

धार्मिक वनमा अनाधिकृत रुपमा संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था भए पनि नगरपालिकाले जिल्ला वन कार्यालयको मौखिम सहमतिमा सडक विस्तार गरेको बताउँदै आएको छ ।

स्थानीय किशोर देशारले बज्रबाराही वनमा सडक विस्तार मात्र नभई पुरातात्विकविपरीत धेरै संरचना निर्माण गरिएको बताए । उनले भने, ‘बज्रबाराही वनको संरक्षणको जिम्मा लिएको ज्योतिदय संघले निर्माण गरेको संरचनाहू नै पुरातत्विक दृष्टिकोणविपरीत छ ।’

बज्रबाराही वन सव डिभिजन कार्यालयकी सहायक वन अधिकृत प्रेमा थापाले आफूले पत्र लेखेर सडक विस्तारको काम रोक्न लगाए पनि पर्खाल लगाउन भने नरोकिएको बताइन् । ‘सडक मापदण्डभित्रको वनमा सडक बनाउन डकुमेन्ट त चाहिने हो,‘मौखिक कुराकानीका आधारमा काम गरेको रहेछ,’ उनले भनिन् ।

धार्मिक वनमा नयाँ संरचना बनाउन नहुने भन्दै नगरपालिकाले लाखौँ लगानीमा एक व्यवसायीले जिपलाइन निर्माण गरेर सुरु गरेपछि हटाएको थियो । तर, पछिल्लो समय नगरपालिकाकै लगानीमा स्थानीयले यही धार्मिक वनमा व्यायामशाला निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : २५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग