पौडेल समूहको बैठक चाक्सीबारीमा जारी, देउवा समूहले पदाधिकारी उम्मेदवार चयन गर्न सकेन « Khabarhub

पौडेल समूहको बैठक चाक्सीबारीमा जारी, देउवा समूहले पदाधिकारी उम्मेदवार चयन गर्न सकेन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष सकिएको थियो ।

नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा शेखर कोइराला, डा रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् । बैठकले बुधबारै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् ।

इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् । तर महामन्त्री डा. कोइराालले वरिष्ठ नेता पौडेललाई आफ्नो समर्थन रहने मंगलबार बताएका थिए । सभापतिकै टुंगो नलागेकाले अन्य पदाधिकारीबारे पौडेल समूहमा छलफल नै भएको छैन ।

उता सभापति शेरबहादुर देउवा समूहले सभापतिमा देउवालाई अगाडि सार्ने निर्णय गरे पनि अन्य पदाधिकारीको उम्मेदवार टुंगो लगाउन सकेको छैन । बुधबार देउवाको निजी निवास बुढानिलकण्ठमा देउवा समूहको बैठक बसेको थियो । सो बैठकले देउवालाई सभापतिमा अगाडि सार्ने निर्णग गरे पनि पदाधिकारीबारे निर्णय गर्न सकेन ।

दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्रीका लागि दर्जनौँ नेताहरुले दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ४ : ३० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित