लागूऔषध ओसारपसारमा नयाँ शैली : किताबमा खोपा बनाएर ल्याइयो « Khabarhub

लागूऔषध ओसारपसारमा नयाँ शैली : किताबमा खोपा बनाएर ल्याइयो


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– २३ साउनमा लागूऔषध ओसारपसारको एउटा घटनाले प्रहरीलाई अचम्मित बनायो । साधरणतया लागूऔषध ओसारपसार गर्नेले जीउ वा अन्य कुनै ठाउँमा लुकाएर ल्याउँछ । तर, २३ साउनमा झापामा दुई महिलाले योनीभित्र लुकाएर लागूऔषध ल्याएका थिए । नेपाल–भारत सीमास्थित गौरीगञ्जबाट ४४ ग्राम ब्राउनसुगरसहित दमक १ की २४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई प्रहरीले पक्राउ गरेको थियो । ९ बजे रातको समयमा प्रहरीले उनीहरूलाई नाकामा फेला पारेको थियो ।

उनीहरूले लागूऔषध ल्याएको सूचना पाएपछि प्रहरीले शरीरका सम्पूर्ण भागमा खोज्दा पनि लागूऔषध भेटिएन । तर, मञ्जुले आफ्नो यौनीभित्र प्लास्टिकमा ब्राउनसुगर राखेर नेपाल भित्र्याउने प्रयासले प्रहरीलाई अचम्मित बनायो । लागूऔषध ओसारपसारमा यो प्रहरीका लागि नयाँ शैली थियो ।

मंगलबार राति लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गर्दा प्रहरी फेरि अचम्मित भएको छ । सीमामा प्रहरीले कडाइ गरेपछि कारोबारीमा संलग्नले अर्को नयाँ शैली अपनाएका छन् । पुस्तकको भित्री भागमा खोपेर एक जनाले लागूऔषध ल्याउँदै गर्दा पूर्वीनाकाबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो ।

२३ ग्राम ब्राउन सुगरसहित सल्यान बनगाउँ १ का ३० वर्षीय रमेश डिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । ‘हेर्दा किताब छ । किताबमा ल्याएपछि पढ्ने मान्छे रहेछ भन्ने हुन्छ । खासै जाँच हुँदैन भनेर ल्याएको रहेछ,’ उनले भने, ‘तर, हामीलाई शंका लागेर हेर्दा लागूऔषध रहेछ । लागूऔषध ओसारपसारमा यस्तो शैली पहिलो हो । विगतमा मलद्वार र शरीरका विभिन्न भागमा राखेर त ल्याएको पाएका थियौं ।’

डिसीले कक्षा ११ को अर्थशास्त्रको किताबमा हालेर लागूऔषध ल्याएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसारमा संलग्नले नयाँनयाँ शैली अपनाउँदा प्रहरीलाई नियन्त्रणमा कठिनाइ भएको छ

भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापा प्रहरीका लागि मुख्य चुनौती लागूऔषधको ओसारपसार नियन्त्रण बन्ने गरेको छ। भारतीय बजारमा सहजै लागूऔषध पाइँदा ओसारपसारमा संलग्नले प्रहरीको आँखा छलेर ल्याउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तमा मात्र लागूऔषध कारोबार र ओसारपसारमा संलग्न ९९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइएको छ । गत आर्थिक वर्ष २०७७–०७८ मा लागूऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्न ३११ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : १० बजे

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको