राप्रपा बैठक : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग « Khabarhub

राप्रपा बैठक : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको एकता महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकमा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिनको माग भएको छ ।

बुधबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले महाधिवेशनमा निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र शाह) ले हस्तक्षेप गरेको भन्दै छानबिनको माग गरेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा पक्षधर केन्द्रीय नेताहरुले यस्तो माग गरेका हुन् ।

बैठकमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला, विजय खड्का, जमुना थापा, रिता माझी, केदार कोइराला, दीपक मल्ल लगायतले निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन् ।

नेता बर्तौलाले महाधिवेशनमा निर्मल निबासले हस्तक्षेप गरेकाले समिति गठन गर्न आफूहरुले बैठकमा माग गरेको बताए ।

तर, अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधर नेताहरुले भने छानबिनको आवश्यकता नभएको बताएका थिए ।

निर्मलनिवासले महाधिवेशनमा हस्तक्षेप गरेका कारण आफू पराजित भएको बताउने पूर्व अध्यक्ष कमल थापा भने बैठकमा सहभागी थिएनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ४५ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को