यस्ता छन् बियर सम्बन्धी रोचक तथ्य « Khabarhub

यस्ता छन् बियर सम्बन्धी रोचक तथ्य


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  डिंक्स गर्नेहरूको सम्भवत प्रिय पेय पदार्थमा बियर पनि पर्दछ । तर, वियरबारेका रोचक तथ्यबारे सायदै तपाईँ जानकार हुनुहुन्छ ।

आज हामी यहाँ वियरसम्बन्धीका केही रोचक तथ्य प्रस्तुत गर्दैछौँ-

– अस्ट्रियामा सौखिनहरू स्वीमिङ पुलजस्तै बियरपुलमा पौडी खेल्न सक्छन् ।

– बियर पानी र चियापछि सबैभन्दा बढी सेवन गरिने पेय पदार्थ मानिन्छ ।

– अहिले पनि करिब ५ करोड मानिस बियर पिइरहेका छन् ।

– संसारको सबैभन्दा कडा बियरमा ६७ दशमलव ५ प्रतिशत अल्होकल हुन्छ ।

– हरेक सेकेन्डमा संसारका शून्य दशमलव ७ प्रतिशत मानिस बियर पिइरहेका हुन्छन् ।

– नेदरल्यान्डका पियक्कडहरूलाई बियर पिलाएर सडक सफा गराइन्छ ।

– सन् १९७० ताका बेल्जियमका कलेजका क्यान्टिनमा समेत बियर उपलब्ध हुन्थ्यो ।

– भनिन्छ, अल्छी मानिसलाई सबैभन्दा बढी बियर मन पर्छ ।

– थाइल्यान्डमा १० लाख बियरका बोतलबाट एउटा मन्दिर निर्माण गरिएको छ ।

– इजिप्टमा बियरलाई धनका रूपमा प्रयोग गरिन्छ ।

– फिनल्यान्डमा पत्नीलाई बोकेर दौडने एक प्रतियोगिता जित्नेलाई पत्नीकै वजन बराबर बियर पुरस्कार प्रदान गरिन्छ ।

– दुनियाँको सबैभन्दा महँगो बियर बेल्जियमको ‘ला भिले बोन सेक्योर्स’ हो, जसको मुल्य ७ सय पाउन्ड प्रतिबोतल छ ।

– अहिले संसारभर ४ सय प्रकारका बियर बनाइन्छ, जसमध्ये बेल्जियममा सबैभन्दा बढी ब्रान्डका बियर उपलब्ध हुन्छन् ।

– सन् १९९२ मा नील बोहरले नोबेल पुरस्कार जितेपछि उनको सम्मानमा कार्ल्सवर्ग बियरले पाइपबाट उनको घरमै बियर सप्लाइ गरेको थियो । -एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ३० बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि