युवा संघको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा सिंह चयन | Khabarhub Khabarhub

युवा संघको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा सिंह चयन


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठना युवा संघले केन्द्रीय समिति पुनर्गठन गरेको छ।

आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकले बच्चनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सहअध्यक्ष चयन गरेको युवा संघका निवर्तमान अध्यक्ष रमेश पौडेलले जानकारी दिए।

पुर्नगठनको घोषणा नेकपाका युवा इन्चार्ज महेश बस्नेतले गरेका थिए। युवा संघको उपाध्यक्ष सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरी बनेका छन्। यसैगरी महासचिव रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको छ।

त्यस्तै सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई सचिव छन्।

त्यसैगरी युवा संघले मुकेश बुढाथोकीलाई कोषाध्यक्ष बनाएको छ। राकेश लामा र हिमेश केसीलाई सहकोषाध्यक्ष बनाइएको छ।

युवा संघले निर्वाचन आयोग प्रमुखको जिम्मेवरी बाबुराम पाण्डेलाई दिएको छ भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको छ। सो आयोगको उपप्रमुख प्रल्हाद प्रधानलाई बनाइएको छ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : ३५ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता