संरक्षित क्षेत्र विस्तारको तयारीमा सरकार « Khabarhub

संरक्षित क्षेत्र विस्तारको तयारीमा सरकार


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संरक्षित क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको छ । मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरेर वन्यजन्तु जोगाउन र पर्यापर्यटन विकासका लागि संरक्षित क्षेत्रको क्षेत्रफल बढाउने तयारी भएको हो ।

हिमाली क्षेत्र र तराई भूभागमा संरक्षित क्षेत्र विस्तार भए पनि पहाडी क्षेत्रमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमात्रै छ । पहाडी क्षेत्रमा पनि संरिक्षत क्षेत्र विस्तार गरेर पर्यापर्यटन बढाउने सरकारको नीति रहेको छ ।

संरक्षित क्षेत्र विस्तार भएपछि वन पैदावार प्रयोगमा प्रतिबन्ध लाग्ने भन्दै उनीहरूले विरोध गरेका हुन् ।

प्राकृतिक स्रोतको उपभाग गर्न पाउने गरी खुकुलो कानुनी व्यवस्थामा टेकेर संरक्षित वनको रुपमा विस्तार गर्न भन्ने विषयमा छलफल भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागका पूर्व महानिर्देशक गोपालप्रकाश भट्टराईले संरक्षित क्षेत्र सकेसम्म बढाउन सके धेरै राम्रो हुने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार १० ओटा राष्ट्रिय निकुञ्ज, तीन वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र रहेका छन् ।

नेपालको भू–भागको २३.३९ प्रतिशत अर्थात ३४ हजार ४ सय २० वर्गकिलोमिटर संरक्षण क्षेत्रले ओगटेको सरकारी तथ्यांकले बताएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ४० बजे

जेन-जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति धेरै प्रहार

वरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु मै हुँ : शेखर कोइराला

 काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र

कम्युनिस्ट पार्टी बलियो भए लोकतन्त्रले मान्यता पाउँछ : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई राष्ट्रिय

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय

युवाको भावनाअनुरूप काम गर्नुपर्छ : पम्फा भुसाल

ढोरपाटन– नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा