बाइडेन र मोदीबीच टेलिफोन वार्ता : म्यानमारको सैन्य ‘कु’ बारे कुराकानी « Khabarhub

बाइडेन र मोदीबीच टेलिफोन वार्ता : म्यानमारको सैन्य ‘कु’ बारे कुराकानी


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ ।

सोमबार भएको टेलिफोन वार्तामा दुई नेताहरूबीच मुख्यरूपमा म्यानमारमा भएको सैन्य ‘कु’ बारे कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई नेताहरूले म्यानमारमा कानुनी शासन र प्रजातान्त्रिक प्रक्रिया लागु हुनु पर्नेमा जोड दिएका छन् ।

बाइडेन र मोदीबीच कुराकानी भएपछि भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको उल्लेख गरिएको छ ।

मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना पनि दिएका छन् । सो क्रममा मोदीले भारत-अमेरिका रणनीतिक सहकार्यका लागि काम गर्न सधैँ प्रतिबद्ध र आतुर रहेको बताएको विज्ञप्तिमा उल्लेख छ।

बाइडेन र मोदी नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासेफिकका लागि उस्तै सोच राख्ने देशहरूबीचको सहकार्यको महत्वलाई स्थापित गर्नेमा प्रतबद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ४५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा