पवनदीप जत्तिकै लोकप्रिय ज्योतिदीप « Khabarhub

पवनदीप जत्तिकै लोकप्रिय ज्योतिदीप


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ प्रतिष्पर्धी पवनदीप राजन आफ्नो गायन शैलीका कारण अहिले टेलिभिजन दर्शकमाझ लोकप्रिय छ । सांगीतिक परिवारमा जन्मिएका पवनदीपका सबै सदस्य गायन पेशामै छन् । पवनदीपकी बहिनी ज्योतिदीप पनि दाजुजस्तै लोकप्रिय गायिका हुन् ।

ज्योतिदीपले हिन्दीमा मात्र नभई कैयौं स्थानीय भाषामा पनि गीत गाउछिन् । जसमा गढवाली, कुमाउनी, पञ्जाबी गीत प्रमुख छन् । उनले सन् २०१९ को गायन रियालिटी शो ‘भ्वाइस इण्डिया किड्स’का लागि अडिसन दिएकी थिइन् । तर उनी यो शोमा धेरै अगाडि बढ्न सकिनन् ।

ज्योतिदीप सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छन् । उनी आफ्नो सञ्जालमा दाजु पवनदीपलाई खुलेर समर्थन गरिरहेकी छन् । ज्योतिदिपका पहाडी गीत निकै लोकप्रिय छन् । उनको इन्स्टाग्राममा ८ हजार फलोअर्स छन् भने युट्युबमा करिब दुई हजार नजिक सब्सक्राइबर छन् ।

पवनदीपले आफ्नो इन्स्टाग्राम एकाउण्टमा बहिनी ज्योतिदीपको भिडियो शेयर गरेका छन् । भिडियो शेयरसँगै फ्यानले उनको खोजीलाई तिब्र बनाएका छन् । पवनदीप र ज्योतिदिपको जुगलबन्दी राम्रो छ । उनीहरु दुवैले कैयौं स्टेज कार्यक्रममा जुगलबन्दीलाई प्रस्तुत गरिसकेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : ५९ बजे

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने