‘राम तेरी गंगा मैली’ अभिनेता राजीवको निधन « Khabarhub

‘राम तेरी गंगा मैली’ अभिनेता राजीवको निधन


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता, निर्माता तथा निर्देशक राज कपूरका कान्छा छोरा राजीव कपूरको मंगलबार मुम्बईमा निधन भएको छ । ‘राम तेरी गंगा मैली’ फिल्मबाट चिनिएका अभिनेता राजीवको हृदयघातका कारण निधन भएको हो । राजीवसँग अन्तिम अवस्थासम्म उनको ठूलो दाजु रणधीर कपुर थिए । उनी ५८ वर्षका थिए ।

गत वर्ष अभिनेता ऋषि कपूरको निधन पछि कपूर परिवारमा मंगलबार अर्को शोक परेको हो । बिहानसम्म स्वास्थ्यमा कुनै समस्या नदेखिएका राजीवले खाजा खाएपछि केही अप्ठ्यारो महशुस गरेका थिए ।

‘मैले आफ्नो कान्छो भाई राजीवलाई गुमाएँ । डाक्टरहरुले निकै प्रयास गर्दा पनि उसलाई बचाउन सकेनन्’, रणधीरले भनेका छन् । राजीवले फिल्म ‘एक जान हे हम’बाट बलिउडमा अभिनेताका रुपमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : १७ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र