आज सेयर बजार नेप्से ओरालो, ६ अर्ब ३ करोड रुपैयाँको कारोबार  « Khabarhub

आज सेयर बजार नेप्से ओरालो, ६ अर्ब ३ करोड रुपैयाँको कारोबार 


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको तेस्रो दिन सेयर बजार नेप्से ओरालो लागेको छ ।

हिजो सोमबार कीर्तिमानी कारोबार गरेको सेयरबजारमा आज चार अर्ब कम रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो। सोमबार अहिलेसम्मकै उच्च अर्थात् १० अर्ब ६१ करोडको सेयर किनबेच भएको थियो।

कारोबार मापन गर्ने नेप्से ३१.९० अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ ५.२३ अंकले रातो भएका छन्।

मंगलबार कारोबारमा सामेल १२ मध्ये दुईवटा समूहको सूचक मात्रै हरियो छ। बाँकी १० समूहको सूचक ओर्लिएको छ। आज विकास बैंक र फाइनान्सको मात्रै कारोबार सूचक हरियो भएको हो।

बजारमा आज १ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता सेयर बिक्री भएको हो। खुलेदेखि नै ओरालो लागेको बजारमा दिनभरिमा ५३ हजार ५ सय ३७ पटक खरिदबिक्री भएका छन्।

आज सेयर कारोबार गर्ने ब्रोकरहरुको अनलाइन प्रणालीमा समस्या भएपछि नेप्सेले ३ बजेर ३५ मिनेटसम्म लम्ब्याइएको थियो।

आज सेयरबजारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ। कम्पनीको २८ करोडको सेयर किनबेच भएको हो।

त्यसपछि प्रभु बैंक र ग्लोबल आईएमईको उच्च कारोबार भएको छ। आज कमाउने कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतसम्म कमाएका छन् भने गुमाउने लगानीकर्ताले ५.८२ प्रतिशतसम्म गुमाएका छन्।

 

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ३ : ५१ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा