शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको अनुरोध « Khabarhub

शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको अनुरोध


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक तथा कर्मचारीलाई प्राथमिकताका आधारमा कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध पत्र पठाएको हो ।

शिक्षा मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको पत्रमा उल्लेख गरेको छ ।

यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक शैक्षिक सरोकारवाला निकायहरुले लाखौ विद्यार्थीसँग जोडिने र फ्रन्ट लाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरेको बताए ।

त्यस्तै, प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेको जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंक्तिको सूचीमा शिक्षकलाई राख्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको बताए ।

सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन सुरु गरेको छ । गत माघ १४ गतेबाट चलेको खोप अभियान अन्तर्गत दोस्रो चरण सोमबार सुरु भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते पत्रचार गरेर कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको विवरण संकलन गरिसकेको जनाएको छ ।

स्वास्थ्य सेवा विभागले शिक्षा मन्त्रालयलाई कोरोना खोपको लागि निजी तथा सामुदायिक विद्यालयका शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरेको हो ।

शिक्षा सचिव गोपीनाथ मैनालीले सोमबार शुरु भएको खोप अभियान पहिलो प्राथमिकताकै दोस्रो चरण भएको बताएका छन् । खोपको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको र त्यो यथावत रहेको उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ०० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती