देशलाई सबल बनाउन राप्रपाले सही दिशा दिन्छ : अध्यक्ष राणा | Khabarhub Khabarhub

देशलाई सबल बनाउन राप्रपाले सही दिशा दिन्छ : अध्यक्ष राणा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुनुपर्ने बताएका छन ।

‘स्थायित्व प्राप्त गर्न र प्रजातन्त्रलाई सुढृद तुल्याउन हिन्दुराष्ट्रको बलियो आधार र अभिभावकको रुपमा राजसंस्था अपरिहार्य बनेको छ । देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,’ राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै भने ।

झण्डै दुइतिहाईको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे ।

‘देशलाई भरपर्दाे दिशा दिन सक्ने पार्टी भने राप्रपा नै हो । प्रजातान्त्रिक क्षितिजमा उदाउने शक्ति भनेको राप्रपा मात्र हो,’ उनले भने ।

जिल्ला भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरुबाट वाक्कदिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजिरहेको बताए ।

‘यस अर्थमा राप्रपा अघि बढोस्, निर्णायक भूमिका निर्वाह गरोस् भन्ने जनताको अपेक्षा र सुभेच्छा छ,’ उनले भने ।

‘जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,’ अध्यक्ष लोहनीले भने ।

यौ मौका छोप्न र जनताको अपेक्षा पूरा गर्न क्रियाशील बन्न कार्यकर्तालाई अध्यक्ष लोहनीले निर्देशन दिए । नचाहना बमोजिम राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको लक्ष्य हासिल गर्ने लोहनीले दाबी गरे ।

कार्यकर्तालाई सम्बोधन गदै उनले भने, ‘पार्टीभित्र, संगठनभित्र सबै कुरा लिखित हुँदैन । पार्टी सदस्यहरुबीच सम्बन्ध बिस्तार गर्ने, एकता कायम राख्ने संस्कृति, मूल्य, मान्यता त्यस मानेमा महत्वपूर्ण हुन्छ ।’

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ३१ बजे

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर – हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि

बाजुराका दुई स्थानीय तहलाई भारतीय दूतावासद्वारा एम्बुलेन्स उपहार 

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा