‘होस्ट पारिश्रमिक’मा सलमान र अमिताभ अगाडि « Khabarhub

‘होस्ट पारिश्रमिक’मा सलमान र अमिताभ अगाडि


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका कलाकारहरु पछिल्लो समयमा फिल्ममा भन्दा टेलिभिजन शोको होस्टका रुपमा काम गर्न आकर्षित हुन थालेका छन् । त्यहीकारण उनीहरुको कमाई पनि फिल्मको भन्दा बढी हुने गरेको छ । यसमा सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र आमिर जस्ता स्टारको नाम अग्रपंक्तिमा आउने गरेको छ ।

पछिल्लो तथ्यांक अनुसार होस्टको कमाईको मामलामा सलमान र अमिताभले शाहरुखलाई पछाडि छोडेका छन् । अभिनेता सलमान वार्षिक रुपमा टेलिभिजन रियालिटी शो ‘बिग बोस’ होस्ट गर्दै आएका छन् । हालका दिनमा उनी ‘बिग बोस सिजन १४’को होस्ट गरिरहेका छन् । यो शोको होस्ट गर्नका लागि उनले प्रतिभाग १४ करोड पारिुश्रमिक लिएका छन् ।

अर्का अभिनेता अमिताभले आफ्नो चर्चित शो ‘कौन बनेगा करोडपति’को होस्ट गर्नका लागि महंगो पारिश्रमिक बुझ्ने गरेका छन् । अमिताभले यो सबै शोको होस्ट गर्नका लागि १ सय ८० करोड पारिश्रमिक लिएका छन् । उनले कैयौं वर्षदेखि यो शो होस्ट गरिरहेका छन् ।

अभिनेता शाहरुखले पनि कुनै समयमा आफ्नो करियर टेलिभिजनबाट नै सुरुवात गरेका थिए । उनले ‘कौन बनेगा करोडपति’को तेस्रो संस्करण र टेलिभिजन शो ‘क्या आप पाँचवी पास से तेज है ?’ जस्तो शो होस्ट गरेका छन् । सन् २०११ मा उनले कलर्स च्यानलमा शो ‘जोरका झटका’ पनि होस्ट गरेका थिए । समाचार अनुसार यो शोका लागि उनले करिब ४५ करोड पारश्रमिक बुझेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ०० बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई