वित्तीय निकाय सक्षम भए मात्रै उद्योग व्यवसाय फष्टाउँछ : अध्यक्ष गोल्छा « Khabarhub

वित्तीय निकाय सक्षम भए मात्रै उद्योग व्यवसाय फष्टाउँछ : अध्यक्ष गोल्छा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यसाय फष्टाउने बताएका छन् ।

महासंघ अन्तगर्तको बैंक, वित्तीय तथा बिमा समिति विस्तार कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले बैंक, वित्तीय तथा बिमा समिति महासंघको महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए ।

अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैंकिङ, कर राजस्व, श्रम लगायतका समस्यालाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेको समेत जानकारी गराए । सो एकाइ साधन स्रोत सम्पन्न हुने र समस्यालाई सोही एकाइ मार्फत नै समाधान गरी उद्यमी व्यवसायीलाई राहत दिने आफूहरूको लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसमा छिट्टै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मकरूपमा महङ्गो भएकाले यसलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेकामा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय र बैंकिङ क्षेत्र बीच कहिलेकाहीँ तनावको अवस्थासमेत आउने गरेको विगतको यथार्थतालाई ध्यान दिई समितिले अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताए । समितिले दिने सुझावबाट मुलुकभित्र वित्तीय र उद्योग व्यसाय दुवै क्षेत्र फष्टाउने वातावरण बन्नुपर्नेमा उनको जोड थियो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिले तयार गर्ने सुझाव साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिनसके बढी फलदायी हुने धारणा व्यक्त गरे । महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालको सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समिति आज विस्तार गरिएको छ । समितिका सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य शक्तिकुमार वेगानी र सुबोधकुमार गुप्ता छन् ।

समितिका सदस्यमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी रहेको महासंघले जनाएको छ ।

समितिका आमन्त्रितमा महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह वैध, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ३७ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको