‘कोरोना खोप लगाउन पत्रकारलाई सूचना विभागको परिचयपत्र अनिवार्य छैन’ « Khabarhub

‘कोरोना खोप लगाउन पत्रकारलाई सूचना विभागको परिचयपत्र अनिवार्य छैन’


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ ।

यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् ।

सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासङ्घको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो ।

सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ ।

खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।-रासस

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : १७ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग