वीर अस्पतालको नयाँ भवन निर्माण कार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन (भिडियोसहित) « Khabarhub

वीर अस्पतालको नयाँ भवन निर्माण कार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन (भिडियोसहित)


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा बन्ने वीर अस्पतालको नयाँ भवनका लागि आवश्यक पूर्वाधार तत्काल निर्माण शुरु गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन ।

निर्माणस्थलको आज अर्थमन्त्री पौडेल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावतलगायतको टोलीले अनुगमन एवं निरीक्षण गरेको थियो ।

मन्त्री पौडेलले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निर्माणस्थलसम्म विद्युत्को खम्बा विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिए ।

अर्थमन्त्री पौडेले सडक विभागका प्रतिनिधिलाई मनोहरा करिडोर हुँदै दुवाकोट आउने सडक र सल्लाघारी हुँदै निर्माणस्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर सबै काम गर्न निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले भने, “कुनै पनि बाहनामा अब यहाँको काम रोकिनु हुन्न, पैसाको चिन्ता नगर्नुहोस्, जग्गा हामीले पाइसकेका छौँ, अब तत्काल पूर्वाधार निर्माण गर्नुहोस् ।”

हेरौँ भिडियो

स्वास्थ्य मन्त्री त्रिपाठीले सो अस्पताल दुवाकोटमा बन्नु भक्तपुरवासीको गौरवको विषय भएको बताउँदै यसलाई छिटो निर्माण गरेर काम पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

स्वास्थ्य राज्यमन्त्री रावतले आफू विगतदेखि भक्तपुरमा अस्पताल बनाउने काममा सक्रिय हुँदै आएको र स्वास्थ्यमन्त्रीले यसको जिम्मेवारी दिनुभएको बताए ।

अर्थमन्त्रीलाई प्राधिकरणका कार्यकारी प्रमुख शाक्यले चालू आवभित्र आफ्नो पक्षको काम सक्ने बताए । विभिन्न मन्त्रालयका सचिव, सडक विभाग, विद्युत् प्राधिकरण, खानेपानी संस्थानलगायत प्रतिनिधि उपस्थिति रहेको चाँगुनारायणका नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अस्पताल निर्माण क्षेत्रको अवस्थाका बारेमा जानकारी गराए ।

नगरप्रमुख मिश्रले विभिन्न निकायबीच समन्यवको अभाव हुँदा लामो समयदेखि अस्पताल निर्माण कार्यको थलानी हुन नसकेको बताउँदै यथाशीघ्र भवन निर्माणका काम अगाडि बढाउनुपर्ने बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ मा करिब ५७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भए पनि डीपीआर तयार हुन नसक्दा काम अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ३४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग