फिल्ममा जो नांगिए « Khabarhub

फिल्ममा जो नांगिए


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता राहुल भट्टले फिल्म ‘मेन नेकेड’का लागि हालै ‘नेक्स्ट इन्टरनेशनल फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्टर’को अवार्ड पाए । दुई घण्टाको यो फिल्म सिंगल सटमा निर्माण गरिएको थियो । जसका लागि यी अभिनेताले न्यूड दृश्य पनि दिनुपर्यो । राहुल अघि बलिउडका कैयौं अभिनेता फिल्मी पर्दामा बिना कपडा देखिएका छन् ।

बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान सन् २०१४ को फिल्म ‘पीके’मा न्यूड देखिए । फिल्मको पोस्टर सार्वजनिक हुनासाथ उनी चर्चामा आए किनकी पोस्टरमा आमिर न्यूड देखिएका थिए । उनको यो तस्वीर देखेर केहीले आपत्ति पनि जनाए । कानपुरका एक वकिलले पोस्टर देखेपछि आमिरका विरुद्ध यौन हिंसाको मुद्दा नै लगाए ।

अभिनेता रणवीर कपूरले आफ्नो ‘डेब्यू’ फिल्म ‘साँवरिया’मा नै न्यूड दृश्य दिए । यो फिल्म सन् २००७ मा रिलिज भएको थियो । रणवीरले सन् २०१८ मा फिल्म ‘सञ्जु’मा पनि एक न्यूड दृश्य दिए । जेलको एक दृश्यमा उनलाई पूर्ण रुपमा न्यूड देखाइएको थियो ।

अर्का अभिनेता जोन अब्राहमले सन् २००९ को हिट फिल्म ‘न्यूयोर्क’मा एक जेलको दृश्यमा न्यूड दृश्य दिएका थिए । फिल्ममा उनले एक कलेजको विद्यार्थीको भूमिका निभाएका थिए, जो झुठो मुद्दामा आतंकवादी घोषित भएका थिए । प्रहरीको यातनापछि जोन साँच्चै नै आतंकवादी बन्दछन् ।

फिल्म ‘जोनी गद्दार’ फिल्मबाट बलिउडमा पाइला चालेका नील नितिन मुकेशले सन् २००९ मा फिल्म ‘जेल’का लागि न्यूड दृश्य दिएका थिए । फिल्मले बक्सअफिसमा सफलता नपाए पनि उनको यो दृश्य दर्शकमाझ निकै चर्चित बनेको थियो ।

अभिनेता राजकुमार रावले सन् २०१२ मा फिल्म ‘शाहिद’मा एक अपराधिक वकिलको भूमिका निभाएका थिए । जसले आतंकवादको झुठो मुद्दामा परेका व्यक्तिलाई न्याय दिन पहल गरेका थिए । फिल्मको एक दृश्यमा उनले न्यूड दृश्य दिएका थिए ।

वाणी कपूर र रणवीर सिंह स्टारर फिल्म ‘बेफिक्रे’ बोल्ड दृश्य र चुम्बन दृश्यका कारण चर्चामा थियो । फिल्ममा रणवीर सिंहले बोल्ड अवतार देखाएका थिए । काउब्वाइको भूमिका देखि लिएर तावल बेरेर उभिनेसम्मको अवतारमा उनी देखिएका थिए ।

अभिनेता शरमन जोशी सन् २०१५ मा ‘हेट स्टोरी ३’मा देखिएन । जरीन खानसँग रोमान्स गरेका शरमन एक पटक न्यूड दृश्यमा देखिएका थिए ।

बलिउडको ‘ज्याकी च्यान’ मानिएका टाइगर श्राफ आफ्ना हरेक फिल्ममा जबरदस्त एक्सनमा देखिन्छन् । उनले आफ्नो भूमिकालाई उत्कृष्ट बनाउन फिल्म ‘बागी २’मा न्यूड दृश्य नै दिएका छन् ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ४५ बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई