कम्बोडियाका सबै खेल गतिविधि बन्द « Khabarhub

कम्बोडियाका सबै खेल गतिविधि बन्द


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्होम पेन (सिन्ह्वा)- कम्बोडियामा तत्कालका लागि सवै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ ।

समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् ।

कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।

‘पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको छ,’ शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरुमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुँदका गतिविधिहरु नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ ।

जीम, खेल क्लबहरु, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ ।

त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरुका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : २५ बजे

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको