कम्बोडियाका सबै खेल गतिविधि बन्द | Khabarhub Khabarhub

कम्बोडियाका सबै खेल गतिविधि बन्द


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्होम पेन (सिन्ह्वा)- कम्बोडियामा तत्कालका लागि सवै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ ।

समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् ।

कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।

‘पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको छ,’ शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरुमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुँदका गतिविधिहरु नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ ।

जीम, खेल क्लबहरु, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ ।

त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरुका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : २५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा