ओलीलाई निष्काशनको घोषणा गर्ने ‘अपराधीहरू’को मुहार झलझली भइरहेको छ  – सूर्य थापा « Khabarhub

ओलीलाई निष्काशनको घोषणा गर्ने ‘अपराधीहरू’को मुहार झलझली भइरहेको छ  – सूर्य थापा


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको फैसलासँगै साविकको नेकपा एमाले र माओवादी केन्द्रको अवस्थामा पुगेपछि ओली पक्षीय नेताहरू बलियो भएका छन् ।

नेकपा एमालेभित्र स्पष्ट बहुमत रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले अल्पमतमा रहेको माधव नेपाल समूहलाई मिलाएर लाने बताए पनि कतिपय नेताहरूले तिखो टिप्पणी गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् ।

मंगलवार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै थापाले ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका छन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ३० बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर