१२ महिला उद्यमीलाई सम्मान « Khabarhub

१२ महिला उद्यमीलाई सम्मान


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नारासहित मनाइएको १११ औँ महिला दिवसको अवसरमा दमकमा १२ जना उद्यमी महिलालाई सम्मान गरिएको छ ।

स्वरोजगारमा लागि परेर परिवार र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै दमक नगरपालिकाद्वारा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मनित हुनेमा जेष्ठ एकल उद्धमीमा दमक ४ की हर्कमाया राई, भक्का व्यवसायी दमक ६ की चम्फा राजबंशी , अपांगता अभियन्ता दमक ९ निवासी पार्वता श्रेष्ठ, एकल महिला भावना धिमाल, उद्यमी महिला दमक दमक ७ निवासी सरस्वती विक, एकल उद्धमी महिला दमक ७ निवासी पुनम गहतराज, सिटी सफारी चालक दमक ७ निवासी सीता महत कोईराला, २ जना निर्माण व्यवसायी दमक ५ निवासी देवी भुजेल र दमक २ निवासी लिलादेवी सिग्देल दर्जी, चटपटे व्यवसासी दमक ६ निवासी शान्तिदेवी चौधरी, चिया मजदुर दमक ९ निवासी फूलमाया सार्की, एम्बुलेन्स चालक दमक २ निवासी लिला बास्ताकोटी र राष्ट्रिय भलिबल खेलाडी नर्वदा बिष्ट रहेका छन् ।

उनीहरुलाई नगद २ हजार १ सय, सम्मान पत्र र दौसल्ला ओडाएर सम्मान गरिएको थियो ।

नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीसहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा दमक ९ निवासी अपाङ्गता विद्यार्थी दमक ९ निवासी पुनम भुजेललाइ नगद १० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी पनिया देवी चौधरी र निसान सिलाई कटाई सेन्टर दमक ९ लाई २/२ थान इलेक्ट्रोनिक सिलाई मेसिन पनि हस्तान्तरण गरिएको थियो । यसैगरी सीतादेवी कार्की, निशा सिलाई सेन्टर दमक ८ र टंकादेवी दाहाललाई तान बुन्ने मेसिन समेत हस्तान्तरण गरिएको थियो ।

महिलाहरुलाई आत्मनिर्भर बनाउन सके महिला हिंसा कम हुने विस्वासका साथ उद्यमी महिलालाई सम्मान र अन्य महिलालाईलाई प्रविधी हस्तान्तरण गरिएको नगरकी उपप्रमुख अधिकारीले जानकारी दिईन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ३० बजे

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको