अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता रणवीर कपुर अस्वस्थ भएका छन् । उनका अभिनेता काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अंग्रेजी वेबसाइट पिंकविलासँग कुराकानीमा रणधीरले यो कुराको पुष्टि गरेका हुन् ।
उनलाई वेबसाइटले ‘के रणवीर कपूर कोरोना भाइरसबाट संक्रमित भएका हुन् ?’ भनेर सोध्दा रणधीरले ‘हो’ भनी जवाफ दिएका छन् ।

‘मैले बुझेसम्म रणवीर अहिले ठिक छैनन् । तर मलाई थाहा छैन कि उसलाई कसरी भयो । म सहरमा छैन’, उनले भनेका छन् ।

रणवीरका फ्यानहरु उनलाई चाँडो स्वस्थ हुन कामना गरिरहेका छन् । गत डिसेम्बरमा उनकी आमा नीतू कपूर पनि कोरोना संक्रमित भएकी थिइन् । फिल्म ‘जुग जुग जियो’को सुटिङका समयमा उनी कोरोनाको चपेटामा परेकी थिइन् ।

कामको कुरा गर्दा रणवीर हालका दिनमा फिल्म ‘ब्रह्मास्त्र’को छायांकनको अन्तिम चरणमा छन् । यो सुपरहिरो ट्रिलोजी फिल्मको निर्देशन अयान मुखर्जीले गरिरहेका छन् ।

यो फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्कीनेनी र मौनी रायको पनि अभिनय छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ११ : १८ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट