‘पठान’मा सलमानको २० मिनेटको एक्सन « Khabarhub

‘पठान’मा सलमानको २० मिनेटको एक्सन


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–यशराज प्रोडक्सनको स्पाई ड्रामा फिल्म ‘पठान’को छायांकन सुरु भइसकेको छ । फिल्मका लागि अभिनेता शाहरुख खानसँग सलमान खान आफ्नो हिस्साको सुटिङ सुरु गर्दैछन् ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार फिल्ममा सलमानको प्रवेश केवल २० मिनेटका लागि भए पनि त्यो निर्णायक हुनेछ । २० मिनेटमा सलमानका कैयौं एक्सन दृश्य देख्न सकिने बताइएको छ ।

फिल्ममा सलमानको प्रवेश फिल्म ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ शैलीमा हुनेछ । ‘निर्माता आदित्य चोपडा फिल्ममा सलमानलाई टाइगर शैलीमा सही रुपमा प्रयोग गर्दैछन् । फिल्ममा सलमानको प्रवेश हुनासाथ थिएटरमा दर्शकले ताली र हुटिङले स्वागत गर्नेछन् ।’ फिल्म निकट स्रोतले भनेको छ ।

रुसमा छायांकन हुने एक्सन दृश्यमा सलमानको प्रवेश दुश्मन एजेन्टबाट शाहरुखलाई बचाउनका लागि हुनेछ । कतिले यो दृश्य क्लाइमेक्स हुने भने पनि फिल्म युनिटले त्यसलाई अस्वीकार गरेको छ ।

फिल्मको क्लाइमेक्समा शाहरुख, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणबीचको द्वन्द्व रहनेछ । क्लाइमेक्स दुबईको बुर्ज खलीफाको टुप्पोमा खिचिनेछ । फिल्म जनवरी २०२२ मा रिलिज हुने चर्चा छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ४५ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा