काठमाडौँ- राष्ट्रिय सभासदस्य कोमल वलीले रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन् ।
वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी हुन् ।
नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले कारण आफ्नो चरित्र हत्या भएकोले उनलाई कानूनी दायरामा ल्याउन वलीले माग गरेकी छन् ।
पन्तले २०७७ फागुन १५ गते काठमाडौको सामाखुसीस्थित ग्लोवल क्याफेमा पूर्वएमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ‘पिँडुला देखाएर’ वली सांसद भएको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया