धूम्बाराहीबाट हट्यो नेकपाको बोर्ड, राखियो एमालेको नयाँ बोर्ड « Khabarhub

धूम्बाराहीबाट हट्यो नेकपाको बोर्ड, राखियो एमालेको नयाँ बोर्ड


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ ।

अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि आआफ्ना पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम बढ्दै छ ।

एकीकरणपूर्व एमाले केन्द्रीय कार्यालय धूम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा रहेका थिए । विसं २०७५ जेठ ३ गते एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालयको साइनबोर्ड राखिएको थियो । धूम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेरिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार अदालतको आदेश कार्यान्वयनका लागि पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको हो । देशभर धेरै ठाउँमा राखिसकिएको र बाँकी ठाउँमा पनि छिट्टै राखिने तयारी छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भई सोही साल जेठ २३ गते निर्वाचन आयोगमा नयाँ नाम दर्ता भएको थियो । त्यसअघि नै आयोगमा ऋषिराम कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भनी सर्वोच्च अदालतले यही फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ०४ बजे

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको