गिनी बिस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, ६१५ घाइते « Khabarhub

गिनी बिस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, ६१५ घाइते


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् ।

गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन् ।

मन्त्रालयले घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २९९ जना अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।

बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको बिस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो । किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो ।

घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए । बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो ।

बिस्फोट स्थलको आगो सोमबार अपराह्नसम्ममा नियन्त्रणमा ल्याइएको थियो । गिनीको बाटा शहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो । रासस/सिन्ह्वा

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : ५७ बजे

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर